Logo

कार्यकाल सुरू हुनुभन्दा अगाडी नै निर्वाचित वडा सदस्यको निधन



Spread the love

६ जेठ, सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ ।

सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए । उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए । सदस्यमा उनिसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्