Logo

बालेनले लिए १५ हजारभन्दा बढी मतको अग्रता



Spread the love

७ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको दाैडमा रहेका बालेन शाहले ३३ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन ३३ हजार २६० मत सहित पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा १७ हजार ५७९ मत परेको छ ।

पछिल्लो मत परिणामा अनुसार बालेन मेयरका अर्का उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५६८ मतले अगाडी छन् ।

प्रतिक्रिया दिनुहोस्