Logo

बलात्कार आरोप लागेका कन्सल्टेन्सिका सञ्चालक मनोज पाण्डे पक्राउ



Spread the love

७ जेठ, काठमाडाैँ । बलात्कार आरोप लागेका कन्सल्टेन्सिका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । शनिबार प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनले ८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

अहिले ती पीडितको पक्षमा काठमाडाैँ र पोखरा लगायत स्थानहरूमा प्रदर्शन भइरहेको छ । पीडितले टिकटकमार्फत ८ वर्षअघिको घटना गत बुधबार सार्वजनिक गरेकी थिइन् ।

उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्

प्रतिक्रिया दिनुहोस्