Logo

नेपाल नआउने भए सलमान खान



Spread the love

१० जेठ, काठमाडाैँ । बलिउड स्टार सलमान खान नेपाल नआउने भएका छन् । दबङ टुर रिलेडेडका लागि नेपाल आउने भनिएका उनी अन्तिम समयमा नेपाल नआउने भएका हुन् ।

आयोजकले सलमानको माग पुरा गर्न नसकेपछि उनि नेपाल आउने कार्यक्रम तत्कालका लागि रद्द भएको बताइएको छ । यद्यपी, औपचारिक जानकारी भने केही सयमपछि दिइने जानकारी छ ।

आगामी १४ गते काठमाडौँको रंगशालामा हुने कार्यक्रमका लागि सलमान खान नेपाल आउन लागेका थिए । उनलाई पर्यटनमन्त्री प्रेम आलेले भिडियो कन्फ्रेन्समार्फत नेपाल आउन निमन्त्रणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्