Logo

काठमाडाैँको मेयरमा बालेनको जित सुनिश्चित



Spread the love

११ जेठ, काठमाडाैँ । काठमाडाैँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जीत सुनिश्चित भएको छ ।

मतगणनाको सुरूवाति दिनदेखि नै अग्रता बनाएका बालेनले एक दिन पनि पछि नपरी २० हजार भन्दा बढीको मतान्तर सहित काठमाडाैँको मेयरमा जित सुनिश्चित गरेका हुन् ।

उनले यो प्रतिस्पर्धामा नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई पछि पारेका छन् ।

त्यस्तै, काठमाडाैँको उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले जित सुनिश्चित गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्