Logo

काठमाडाैँको मेयरमा बालेन विजयी



Spread the love

११ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) विजयी भएका छन् ।

स्वतन्त्र रूपमा लाैरो चिन्ह लिएर स्थानीय तहको निर्वाचनमा उठेका बालेन फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

अहिले उनको मतान्तर भन्दा गणना गर्न बाँकी रहेको मत कम भएका कारण उनी विजयी भएका छन् । तर,अाैपचारिक घोषणा भने हुन बाँकी रहेका छन् ।

काठमाडाैँको मेयर हुने क्रममा बालेनले नपाली कांग्रेसी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई पछि पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्