Logo

यातायात व्यावसायीको मनोमानी



Spread the love

काठमाडौं – यातायात क्षेत्रमा खर्बौं रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापत आयकर तिर्नबाट बर्षौदेखि उन्मुक्ति पाउँदै आएका छन् ।

व्यवसायीहरुले यातायात क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँदै आएका छन् । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

तर, उनीहरुले यो लगानीबाट भएको आम्दानीबापत एक रुपैयाँ पनि कर राज्यलाई तिर्नुपरेको छैन ।

बस व्यवसायीहरुले अहिलेसम्म नाममात्रको कर, नवीकरण शुल्कलगायत केही रकम बुझाए पनि लगानीबाट भएको अर्बौं रुपैयाँ नाफाको राजस्व तिर्नबाट उन्मुक्ति पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्