Logo

चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु



Spread the love

१५ जेठ, एजेन्सी । नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।

दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासी भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।

“प्रहरीले कम्तीमा ३१ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य केही घाइते भएका छन्,” स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज– कोका ले भने ।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामिण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्