Logo

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जालाई प्रदान



Spread the love

१६ जेठ, काठमाडाैँ । अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) लाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोही पुर्जालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कार रु एक लाख नगद राशिको रहेको पर्यटन बोर्डका महानिर्देशक तारनाथ अधिकारीले जानकारी दिए ।

यसैगरी पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमाग्याल्जेन शेर्पा, खिमलाल गौतम र दावा शेर्पालाई रु ५० हजार नगद राशिको तेञ्जिङ हिलारी पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृत आरोहीहरुले आफूले पाएको पुरस्कारबाट सगरमाथा आरोहणमा अझै थप कीर्तिमान कायम गर्न साहस प्राप्त भएको बताएका छन् । आजदेखि सगरमाथामा मानव पाइला राखेको ६९ वर्ष पूरा भएको छ । उक्त अवसरको आयोजनामा आज पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले काठमाडौँको ठमेलदेखि कमलादीसम्म र्याली आयोजनासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्