Logo

भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ



Spread the love

१६ जेठ, सप्तरी । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह रहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । गत वर्ष २०७८ माघ २१ गते उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई घरमा खाना पकाइरहेको अवस्थामा जीउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।

सो क्रममा उपचारका क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियो । भाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए । यसैबीच पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्