Logo

कुवेत जान भैरहवाबाट सस्तो, काठमाडाैँबाट महँगो



Spread the love

१९ जेठ, भैरहवा । यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ ।

यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। ‘भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ’, जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने। काठमाडौँ-कुवेतको भन्दा भैरहवा-कुवेतको हवाई भाडा निकै सस्तो छ । भैरहवा-कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताए ।

“यहाँबाट कुवेतमात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार लगायतका खाडीका अन्य देश समेत जाने यात्रुहरू बढी रहेका छन् । अहिलेसम्म भैरहवा-कुवेत ८ उडान भइसकेकोमा ३ उडानमा फुल बोर्डका साथै अन्यमा पनि ८० प्रतिशतभन्दा बढी यात्रु उडेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्