Logo

इटलीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलसिमा



Spread the love

१९ जेठ, एजेन्सी । इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ । इंगल्याण्डको वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।

अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक/एक गोल गरे ।

खेलमा कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले दुई असिस्ट गरे । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुनेगर्छ । इटली युरोकप च्याम्पियन हो भने अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन हो ।

प्रतिक्रिया दिनुहोस्