Logo

१४ जनामा सङ्क्रमण, ८ जना निको



Spread the love

१९ जेठ, काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमण १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ५९५ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा मात्र सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ जना रहेका छन् । विगत २४ घण्टामा आठ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ११० पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३६ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३.४ को निधन भएको छ ।

आज एक लाख ४३ हजार ५८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेसनमा १०० जना, संस्थागत आइसोलेसन र सघन उपचार कक्षमा एक÷एक जना उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्