Logo

सबै रेकर्ड तोड्दै अघि बढ्दै कबड्डी-४, एक सातामा १५ करोड बढीको व्यापार



Spread the love

२१ जेठ, काठमाडाैँ । रिलिज भएको सातामा नै कबड्डी-४ ले १५ करोडको व्यापार गरेको छ । गत शुक्रबारबाट देश तथा विदेशमा रिलिज भएको यस फिल्मले सातामा नै एेतिहासिक व्यापार गर्न सफल भएको हो ।

फिल्म निर्माता तथा वितरक गोविन्द शाहीले उपत्यकामा कबड्डी-४ वितरण गरिरहेका छन् । उनका अनुसार यस फिल्मले ७ दिनमा १५ करोड १५ लाखको व्यापार गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

अहिलेसम्म नेपाली तथा विदेशी फिल्मले पहिलो हप्तामा नै १५ करोड कमाउन सफल भएका छैनन् । नेपालमा व्यापक हाइप भएको केजीएफ-२ ले जम्मा १० करोड हाराहारीको व्यापार पहिलो हप्तामा गरेको थियो ।

यो फिल्मले नेपालमा अहिलेसम्मको सबैभन्दा धेरै शो पाउने रेकर्ढ पनि बनाइसकेको छ । यस फिल्मले

नेपाली बक्स अफिसका बिग मुभिजमा १७ शो पाउँदा एफक्युब मुभिजमा पनि १७ वटा नै शो पाएको छ भने वान सिनेमामा १४ शो ।

त्यस्तै, नेपालमा लोकप्रीय फिल्म थिएटर क्युएफएक्समा ९८ शो पाएको छ । क्युएफएक्समा यति धेरै शो हलिउड र बलिउड कुनै पनि फिल्मले पाउन सकेका थिएनन् ।

कबड्डीको अन्तिम सिक्वेलमा दयाहाङ राई, बुद्दि तामाङ, अभिनेत्री मिरुना मगर, अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको छ । यो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् ।

यस चलचित्रका निर्देशक गुरूङले कबड्डीबाट नै फिल्म निर्देशनमा डेब्यु गरेका थिए । २०१४ बाट फिल्म निर्देशनमा डेब्यु गरेका गुरूङले अहिलेसम्म ९ वटा फिल्म निर्देशन गरिसकेका छन् । अहिलेसम्म उनले निर्देशन गरेका फिल्महरू कबड्डी, कबड्डी-२, कबड्डी-३, कबड्डी-४, अनागरिक, सेन्टी भाइरस, झुम्की, घामपानी, ग्यांगस्टार ब्लुज र पुरानो ढुंगा हुन् । यी सबै चलचित्र व्यवसायिक रूपमा सफल समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्