Logo

पूर्वसांसद थापाको निधन



Spread the love

२९ जेठ, काठमाडाैँ । पूर्वसांसद भद्रबहादुर थापाको शनिबार निधन भएको छ । रामपुर नगरपालिका–१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी थिए । स्व थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

उनि विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए । नेकपा (एमाले)बाट निर्वाचित भई विसं २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षका रूपमा सेवा गर्नुभएका थापा २०५४ मा जिल्ला विकास समिति पाल्पाको उपसभापति, २०५६ मा पाल्पा क्षेत्र नं १ को प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । स्व थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्