Logo

निजामती दिबश सल्यानमा मनाईयो, निजामती कर्मचारी आफ्नो जिम्बेवारी प्रति क्रियाशिल भएर लाग्न प्रजिअ पौडेलको आग्रह



Spread the love

बुद्धिमान पुन
भदौ २२ सल्यान
आज निजामती दिबश । बिभिन्न कार्यक्रम गरेर सल्यानमा पनि मनाईएको छ ।

14256360_1759639240916246_834092097_n

सेवा निबृत राष्ट्र सेवक संघ नेपाल जिल्ला कार्य समिती सल्यानको आयोजना ंसल्यानको खलंगामा उक्त दिबश मनाईएको हो । दिबशको अबशरमा आज बिहान खलंगा टुडीखेल बाट ¥याली निकालिएको थियो । सो¥याली पुरानो बर्सपार्क हुदैँ जिबिस हलमा पुगेर कोण सभामा परिणत भएको थियो । सेवा निबृत राष्ट्र सेवक संघ नेपाल जिल्ला कार्य समिती सल्यानका अध्यक्ष टेकम प्रसाद अधिकारीको अध्यक्षता एवम् सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी पौडेलले निजामती कर्मचारी आफ्नो जिम्बेवारी प्रति क्रियाशिल भएर लाग्न आग्रह गर्नु भयो ।

निजामती कर्मचारीले जनसेवाका भाबनाले काम गर्नु पर्छ” उहाँले भन्नु भयो –“त्यसो भएमा उनीहरुको काम प्रति कसैले पनि हस्तक्षेप गर्न पाउदैँन् । प्रमुख जिल्ला अधिकारी पौडेलले निजामती कर्मचारीले परिवर्तीत समयको प्राथमिकता, माग र आवश्यकता अनुसार राष्ट्र र जनताको हितमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला न्यायधिस माधबेन्द्र राज रेग्मी, स्थानिय बिकास अधिकारी रामचन्द्र पौडेल, सेवा निबृत राष्ट्र सेवक संघका केन्द्रिय सदस्य लोकानन्द गौतम, एमाले सल्यानका अध्यक्ष हरी केसी, आधिकारीक ट्रेड युनियनका अध्यक्ष दिवाकर योगी, नेपाल शिक्षक संगठन सल्यानका अध्यक्ष मधुसुधन शर्मा, पेशागत महासंघ सल्यानका सचिब दुर्गा पुन लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रममा सेवा निबृत राष्ट्र सेवक संघका केन्द्रिय सदस्य लोकानन्द गौतमले सबै कर्मचारीहरुलाई शुसासनको अर्थ लगाउदैँ सर्बसाधारण जनतालाई मुस्कान सहितको सेवा दिन आग्रह गर्नु भयो । उहाँले “सत्यां शिवं सुन्दरं” भन्ने भाबनाका साथमा लाग्न निजामती कर्मचारीहरुलाई आग्रह गर्दै निस्वार्थ भाबनाका साथमा लागेर सेवा गर्नेहरुको नाम मात्रै ऐतिहासको पानामा लेखिएको बताउनु भयो ।
यसैबिच सो अबशरमा जिल्ला कारागारका कैदी बन्दीहरुलाई फलफूल बितरण गरिएको छ । सेवा निबृत राष्ट्र सेवक संघ नेपाल जिल्ला कार्य समिती सल्यान कै आयोजना कारागारमा कैदी जिबन बिताई रहेका ८६ जना कैदीबन्दीहरुलाई फलफूल बितरण गरेको सेवा निबृत राष्ट्र सेवक संघ नेपाल सल्यानका सचिब बिश्व प्रेमी दाहालले जानकारी दिनु भयो । कारागार कै निशाहारा बालबालिकाहरुलाई पोषाक पनि बितरण गरिएको छ । आमा सँगै कारागारमा रहेका ती २ बालबालिकाहरुलाई पोषाक बितरण गएिको हो ।

प्रतिक्रिया दिनुहोस्