Logo

फेसबुकका पुराना डाटा हटाउन सकिने, डेटिङ सुविधा पनि



Spread the love

सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्तालाई ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान गर्ने भएको छ । गत मङ्गलबार फेसबुक कम्पनीको वार्षिक एफएट सम्मेलनलाई सम्बोधन गर्दै सिइओ जुकरवर्गले यस्तो घोषणा गर्नुभएको हो । फेसबुकले जारी गर्न लागेको हिस्ट्री डिलिट गर्ने नयाँ टूलको नाम ‘क्लियर हिस्ट्री’ हुने बताइएको छ । ‘यो निकै सजिलो हुनेछ, जसको प्रयोगबाट तपाईं आफ्नो फेसबुकको ब्राउजिङ हिस्ट्री डिलिट गर्न सक्नुहुनेछ । जस्तो कि तपार्इंले कुन लिंक क्लिक गर्नुभयो, कुन वेबसाइट भिजिट गर्नुभयो, के सर्च गर्नुभयो जस्ता जानकारी क्लिएर हिस्ट्री टूलको प्रयोगबाट हटाउन सकिनेछ’ जुकरवर्गले भन्नुभयो । 

केही समययता फेसबुकमाथि प्रयोगकर्ताको डाटा चोरी र बेचेको आरोप लाग्ने गरेको छ । प्रयोगकर्ताका निजी डाटा राजनीतिक लाभका लागि क्याम्ब्रिज एनालिटिका नामक कम्पनीलाई बेचेको आरोप फेसबुकमाथि लाग्दै आएको छ । यस कुराको सम्बोधन गर्न फेसबुकले यो टूल ल्याएको हुन सक्ने बताइएको छ ।

डेटिङ सुविधा
फेसबुकले आफ्ना प्रयोगकर्तालाई डेटिङ पार्टनर खोजिदिने फिचर ल्याउने भएको छ । यस्तो फिचर ल्याउन लागेको फेसबुकका सिईओ मार्क जुकरबर्गले यस्तो फिचर ल्याउन लागेको घोषणा गरेका हुन् ।
जुकरबर्गका अनुसार छिटै फेसबुकले डेटिङ सर्भिस सुरु गर्नेछ । यो फिचरका माध्यमबाट फेसबुकका प्रयोगकर्ताले आफ्ना लागि मन चाहेका डेटिङ पार्टनर खोज्न सक्नेछन् ।
यो डेटिङ फिचरले प्रयोगकर्तालाई ‘¥याण्डम हुकअप’ मात्र नभई ‘लङ टर्म रिलेसनसिप’ निर्माण गर्न मद्दत गर्ने उनले बताए । साथै जुकरबर्गका अनुसार यो एपमा प्राइभेसी र सेफ्टीको लागि उपयुक्त डिजाइन गरिएको छ । फेसबुकका अनुसार फेसबुकमा झण्डै दुई करोड मानिसले आफ्नो फेसबुक प्रोफाइलमा एकल अर्थात् सिंगल उल्लेख गरेका छन् ।
फेसबुकमा डेटिङ फिचर प्रयोग गर्न आफ्नो फेसबुक प्रोफाइलको दाहिनेतर्फ पानको पात आकारको आइकनमा क्लिक गरेर यो फिचर एक्टिभ गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्