Logo

श्री एयरलाइन्सको काठमाडौँ–जनकपुर पुनः उडान सुरु



Spread the love

२ असार, काठमाडाैँ। निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–जनकपुर गन्तव्यमा पुनः उडान सुरु गरेको छ । काठमाडौँ–जनकपुर गन्तव्यमा आजदेखि दैनिक उडान सुरु गरिएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।

कोभिड–१९ महामारीका बीच पनि नियमित उडान गरिरहेको श्रीले जहाज अभावका कारण यो गन्तव्यमा उडान स्थगन गरेको थियो । उडान तालिकाअनुसार श्रीको जहाज काठमाडौँबाट दिउँसो १२ः३५ मा उड्नेछ । जनकपुरबाट १ः३० मा काठमाडौँ उडान भर्ने कम्पनीले जनाएको छ । श्री एयरलाइन्सले हाल पाँच जहाजमार्फत देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्