Logo

रोटर्याक्ट क्लब अफ ज्ञानेश्वर CIST ले मनायो वार्षिक स्थापना दिवस



Spread the love

४ फेब्रुअरी, २०२३ मा, रोटर्याक्ट क्लब अफ ज्ञानेश्वर CIST ले CIST कलेज, मध्य-बानेश्वरमा स्थापना दिवस मनाएको छ। रोटरी क्लब अफ ज्ञानेश्वरकि निर्वाचित अध्यक्ष आर.टी.एन. लिलिना भट्टराईको अभिनन्दनपछि औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो। त्यस दिन उक्त क्लब ले आफ्नो स्मारिका पनि जारी गर्यो जसमा क्लबले गरेका गतिविधिलाई झल्काइएको थियो।

स्थापना दिवसको अवसरमा, नयाँ सदस्यहरूलाई थप ऊर्जाका साथ काम गर्न क्लबमा समावेश गरिएको थियो। संस्थापक अध्यक्ष आर.टी.आर. स्वेच्छा रञ्जितले आफूले एक वर्षभित्र गरेको अनुभव र कामको व्याख्या गर्दै आफू र समाजको उन्नति र विकासका लागि काम गर्न आफ्ना सदस्यहरूलाई प्रोत्साहन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्