Logo

लिम्चुङबुङ गाउँपालिकाले अबदेखि लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने



Spread the love

१३ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले अबदेखि लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष मेजर राईले दिएको जानकारी अनुसार गाउँ कार्यपालिकाले नीतिगत निर्णय गरेर यस्तो लेख्न सुरू गरेको हो । यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबदेखि पर्यटनको नयाँ गन्तव्य भनेर लिम्चुङबुङ पालिकाको हरेक पत्रहरुको शीर्षकमा उल्लेख हुनेछ ।’

गाउँपालिकाले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले लेटरहेडमा ‘पर्यटनको नयाँ गन्तव्य’ लेख्ने भएको हो । भित्री मधेसको जिल्ला भएता पनि यस पालिकाबाट सगरमाथा लगायत विभिन्न हिमश्रृंखलाहरू देख्न सकिन्छ ।

उक्त पालिकाबाट सगरमाथा देख्न सकिने स्थानलाई ‘एभरेस्ट भ्यू टप’  नाम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्