Logo

ग्राहकको रकम सुरक्षित छ : एभरेष्ट बैंक



Spread the love

काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकको निक्षेप रकम बैंकमा सुरक्षित रहेको जनाएको छ । केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले गरेको रकमान्तर सम्बन्धित ग्राहकको खातामा शोधभर्ना गरिसको जनाउँदै सामाजिक सञ्जालमा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न भनेको हो ।

‘केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनाधिकृत रूपले रकमान्तर गरेकोले बैंकले तत्कालै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोधभर्ना गरी नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराई सो हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैङ्ककै जाहेरीमा मिति २०७९ साल चैत्र २२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषय प्रहरी अनुसन्धानमा नै रहेको जानकारी गराउन चाहन्छौँ,’

आफ्ना ग्राहक महानुभावहरूको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको जनाउँदै भनेको छ ‘हामी हाम्रा समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँदछौँ ।’ एभरेष्ट बैंकको इटहरी शाखाका एक कर्मचारीले बैंकको विभिन्न शाखामा खाता खोलेका डेढ दर्जन बढी बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्