Logo

मुक्तक – सरु रोकाहा



Spread the love

 

 

के सुन्दैछन यि कानले ___ऊ त मर्यो अरे

मलाई छोडी एक्लै परलोक बसाइ सर्यो अरे

बाबा आमा समाजसंग मेरो बारे कुरा गर्दा

हुन्न भन्ने शब्द सुनी आत्महत्या गर्यो अरे ।।

रातो सारी चुरा अनि सिन्दुर किन्दाखेरी

म घाइतेलाई के संझेउ र कुरा छिन्दाखेरी

कति धायौ मठमन्दिर बाचाकसम गर्नलाई

भुल्यौ होला सायद आज जोडी हिन्दाखेरी ।।

सरु रोकाहा हाल काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्