Logo

कुमाख – नेपालगंज गाडी संचालनमा



Spread the love
वैशाख ३, सल्यान । कुमाख यातायात प्रा. लि सल्यानले आज देखि बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ को गर्चेबजार देखि सिधा नेपालगन्जको लागि जिप नम्बर संचालनमा ल्याएको छ । वडा अध्यक्ष मोमत रोकायले रिबन काटेर गाडी संचालनको सुरुवात भएको सान्केतिक सन्देश दिनुभयो।
पहिले नेपालगन्ज जानको लागि रुकुमको चौरजहारीबाट आउने गाडीहरू पर्खनु पर्ने, कहिले गाडी नआएर बपर्ने समस्याबाट अब यात्रुहरूलाई  सहज हुने गाडी संचालकहरुले बताए ।संगै अब सिधै गर्चेबाट जिप सन्चालनमा आएकाले यात्रुहरूलाई सहज भएको गाडी संचाल तिलक परियारले जानकारीदिएका छन ।
नियमित जिप सन्चालन हुने भएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन । गर्चे बजार देखि बिहान ८:१५ बजे र नेपालगन्जबाट २:३० बजे छुटने र भाडा दर ६ सय कायम गरिएको  परियारले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्