Logo

ग्लोवल युथ एशोसियसन नेपालद्वारा १ लाखको शैक्षिक सामाग्री तथा पोशाक सहयोग ।



Spread the love
बाग्लुंग सल्लेरी खबर । ग्लोवल युथ एशोसियसन नेपालले बाग्लुंग जिल्ला गल्कोट नगरपालिका ९ बाङगेसल्ला स्थित नवदीप प्राथमिक विद्यालयलाई रु १ लाखको शैक्षिक सामाग्री तथा पोशाक सहयोग गरेको छ ।अस्ट्रेलिया, अमेरिका, जापान न्युजलैन्ड र नेपालमा प्रतिनिधि रहेको उक्त संस्था को केन्द्रिय उपाध्यक्ष्य अस्ट्रेलिया बाट ळक्ष्मण भण्डारीले जानकारी दिएका छन् । आर्थिक अवस्था निकै कमजोर र दलित विद्यार्थी मात्र रहेको सो प्राथमिक विद्यालयलाई उक्त सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई झोला, पोशाक, जुत्ता, मोजा र १ वर्षको लागि हुने गरि कपि, कलम, ईरेजर, कटर लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
संस्था र कार्यक्रमको बारेमा जानकारि दिदै उपाध्यक्ष्य : ळक्ष्मण  भण्डारीले संस्थाको आधिकारिक घोषणा हुनु अगावै सहयोग गर्न सकिएको मा खुसि व्यक्त गरेका छन्, उनले सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्त गर्दै विश्वभरि रहेका युवाहरुलाइ हातेमालो गर्न पनि आग्रह गरेका छन् । र उनले उक्त स्कुलको अन्य पक्षमा पनि सहयोग गर्ने संसथाको योजना रहेको स्पस्ट पारेका छन् ।
२०६४ सालमा स्थापना भएको उक्त विद्यालयमा भौगोलिक विकटता, पर्याप्त श्रोत साधन र आर्थिक व्यवस्थापन नहुॅदा विद्यालयले समस्या झेल्दै आईरहेको छ।
विद्यालयमा १ दरबन्दी र २ स्थानिय श्रोतमा शिक्षक रहेका छन । २०६४ सालमा स्थानियले निर्माण गरेको भवन अहिले जीर्ण अवस्थामा रहेको छ । वर्खायाममा पानी चुहिने, भित्र पानी पस्ने लगायतका समस्याले अध्यापनमा नै समस्या हुने गरेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै ग्लोबल युथ यशोसियसन नेपालका कार्यक्रम निर्देशक अर्जुन सापकोटाले दलित र विपन्न वर्गका विद्यार्थीहरुको उज्जवल भविष्यको निम्ति संस्थाले यस्तो कार्यलाई प्राथमिकताका साथ अगाडी बढाईरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला युवा समिति बागलुङका अध्यक्ष विष्णु पौडेलले आफुहरुले दुर दराज र विकटमा रहेका विपन्न विद्यार्थीको शैक्षिक प्रगतिको निम्ति सहयोग गर्न आतुर रहेको र यस संस्था (ज्ञान) को पहल र सक्रियता प्रति आफुहरु नतमस्तक भएको र भविष्यमा सक्दो सहयोग गर्दै अगाडि बढ्न इच्छुक रहेको समेत उल्लेख गरे । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर विश्वकर्मा, गलकोट नगरपालिका वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटा, महिला सदस्य अम्बिका सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्