Logo

भेरी नदिमा बस खस्दा ४५ घाईते



Spread the love

०६ जेठ २०७५ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालीका १ सल्लीवजार नजिकै अम्रामा रुकुम चौहरजारीबाट नेपागञ्जका लागि हिडेको ना ३ ख ७८७२ नं को भेरी यातायातको गाडि आज दिउँसो १ वजेको समयमा दुर्घटना भएको छ ।

इलाका प्रहरि कार्यालय सल्लीवजारका सह इन्चार्ज लाल वहादुर वुढाले दिएको जानकारी अनुसार वसको स्ट्रिङ भाँचिएर वस नदि ४० मिटर तल नदि किनारमा खसेको छ । वस सिधै तल नदि किनारको वालुवामा खसेकाले खासै मानवीय क्षती नभए पनि ४५ जना घाईते भएका छन् ।

अधिकांसलाई सल्लीवजारमा उपचार सम्भव  नभएपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीको भनाई रहेको छ । वस दुर्घटना हुना साथ ईप्रका सल्लीको पुरै दस्ता उद्धारमा खटिएको थियो ।

घाईतेहरुको अवस्था सामान्य रहेको उद्धारमा खटिएको प्रहरीले जनाएको छ । अधिकांस गाडिमा सवारमा रुकुम र सल्यानका परेका छन् भने ७ महिनाका वालक मर्म परिकाँडाका सुप्रिया विक समेतलाई सामान्य चोट लागेको छ । गाडिको स्ट्रिङ भाँचिए पछि भित्तामा ठोकिएर सोझै वस तल खसेको चालक मोहन वि.कले वताए ।

प्रतिक्रिया दिनुहोस्