Logo

४ बालबालिकाको डुबेर मृत्यु, सिङ्गो गाउँ शोकमग्न !



Spread the love

लुम्बिनी नजिकैको गद्धिडिहवा गाउँको दिनचर्या सोमबार पनि अन्य दिनझै सामान्य थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पर्ने यस गाउँको मुस्लिम समुदाय रीतिरिवाजअनुसार मुस्लिम पर्व रमजान मनाईरहेको थियो ।

मध्यानतिर एकाएक गाउँको माहोल बदलियो । पुरै गाउा शोकमा डुब्यो । 

साढ् ११ बजे नजिकैको नौखनिया भनिने पोखरीमा नुहाउने क्रममा डुबेका चार बालिकाको मृत्यु भएको हो ।

उनीहरु चारै मुस्लिम समुदायका हुने भने दुई जना एकै परिवारका ।

मृत्यु हुनेमा स्थानीय सरोबेद्धिन मुसलमानकी छोरी १४ बर्षीया साहबिया खातुन, सौकत अली मुसलमानकी छोरी १० बर्षीया सहमा खातनु, मोहम्मद सरिफ गद्धीकी छोरी १० बर्षिया अविदा खातनु रकम हुसैन गद्धीकी छोरी ९ बर्षीया मुमिना खातुन छन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्