Logo

चिनीको मूल्य मनपरी निर्धारण



Spread the love

उखु किसानलाई शोषण गर्दै आएका चिनी उद्योगले मनपरी ढंगले चिनीको मूल्य निर्धारण गर्दै बिक्री गर्दै आएका छन् ।

उत्पादन लागतलाई बेवास्ता गरी उद्योगले आफूखुसी मूल्य तोकेर बिक्री गर्दै आएको सरकारी छानबिनले देखाएको छ ।

चिनी उद्योगका कारण उपभोक्ता ठगिएको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको स्थलगत अध्ययनमा उपभोक्तालाई भार पर्ने गरी मनपरी ढंगले बिक्री गरिएको भेटिएको हो ।

चिनी उद्योगमा गरेको अनुगमनमा कम्पनी मूल्य निर्धारण नगरी प्रत्येक उद्योगले फरक फरक बिक्री मूल्य तय गरेको फेला परेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्