Logo

मापदण्डविपरीत गाडी चलाउन पाउनुपर्ने माग



Spread the love

सिन्धुली  सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी चलाउन प्रशासनले कडाइ गरेपछि उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु मापदण्डविपरीत सवारी सञ्चालन सुचारु गर्न मन्त्रालयमै पुगेका छन् ।

उनीहरुले भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भेटेर मापदण्डविपरीत यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

बढी भार क्षमताका गाडीका कारण बीपी राजमार्गको भविष्य खतरामा पर्दै आएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

भारवहन क्षमताभन्दा बढीका मालवाहक तथा यात्रुवाहक सवारीका कारण बिग्रँदै गएको राजमार्गमा स्थानीय प्रशासनले ३ देखि १० टनभन्दा बढी भार क्षमताका सवारी चलाउन रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्