Logo

गुल्मीको अर्जै स्वास्थ्य चौकीमा के कस्ता समस्याहरु छन त ? स्वस्थ्य इन्चार्ज खेम राज पोख्रेलसँगको कुराकानी



Spread the love

गुल्मी, सल्लेरी खबर ।

मालिका गाउँपालिकाको वडा न ४ यानी सबिकको अर्जै गा.वि.स का स्वस्थ्य इन्चार्ज खेम राज पोख्रेलसँगको  कुराकानी ।

त्यहाँको स्वास्थ्य समस्याहरु के कस्ता छन भन्ने प्रश्नमा मालिका गाउँपालिकाको वडा न ४ का स्वस्थ्य इन्चार्ज खेम राज पोख्रेलले सुरुमै सोलार बत्ती नभएको बताए । प्रमुख समस्या स्वास्थ्य भवन नभएको तर अबको २,४ महिनामै भवन निर्माणको काम सकिने र त्यसले भवनको पुर्ती हुने उनले बताए ।

उनले बर्थिङ्ग सेन्टरको लागि जिरो होम डेलिभरी सेवा भनेर लागिएको र त्यसको लागि आवश्यक पुर्वाधारहरु गाउँपालिका समक्ष माग गरिएको पनि पोख्रेलले बताए । जिरो होम डेलिभरिमा सुत्केरिलाई स्वास्थ्य केन्द्रमा लिएर डेलिभरी गराउने भन्ने बुझिन्छ । यो प्रक्रियामा पैसा नलाग्ने (नि: शुल्क) भएकैले जिरो होम डेलिभरी भनिएको हो ।

एक्स – रे, सोलार जस्ता अतिआवश्यक पुर्वधारहरुको माग गाउँपालिकालाई गरिएको तर काम हुन नसकिरहेको पोख्रेल ले बताए । नाइट भत्ता अ.न.मिहरुलाई नभएको र नाइट भत्ताको बारेमा गाउपालिका समक्ष जोडदार कुरा राख्ने पनि पोख्रेलले बताए ।

अर्जै स्वास्थ्य चौकिमा ७ जना कर्मचारी कर्यरत छन जसमा करार मा ३ जना अनमि छन र ३ जना नै एस.बि.ए तालिम प्राप्त छन । अनमिहरुको सेवा सुविधाको बारेमा बुझ्दा पाउनु पर्ने सुविधा नपाईरहेको र पाउनका लागि गाउँपालिकालाई माग गरिएको  इन्चार्ज पोख्रेल ले बताए ।

प्रतिक्रिया दिनुहोस्