Logo

टेकट्रिक्स – २०१८ को मेगा ईभेन्ट जेष्ठ २५ र २६ गते



Spread the love

काठमाडौं, सल्लेरी खबर ।

सोसाइटी अफ इन्फर्मेशन टेक्नोलोजी स्टुडेन्ट्स (Society of information Technology Students) SITS ले आयोजना गर्न लागेको टेकट्रिक्स – २०१८ को मेगा ईभेन्ट यहि जेष्ठ २५ र २६ गते हुने भएको छ । न्यु समिट कलेज, हिमालय कलेज, अर्किड कलेज जस्ता काठमाडौंका १० भन्दा बढी आईटी रिलेटेड कलेजहरुको सहकार्यमा हुन गैरहेको उक्त मेगा ईभेन्टमा क्यान र सिकोनले समेत सपोर्ट गरिरहेका छन ।

टेकट्रिक्स – २०१८ प्रविधी संग सम्बन्ध राख्ने र थुप्रै टेक्नोलोजी आइडिया दिने दुइदिने ईभेन्ट हो जसले टेक्नोलिजी संग आबद्द रहेका मानिसहरूलाई एउटै थलोमा उभ्याएर नयाँ सिर्जनशिल आईडिया खोजी गर्दछ । टेकट्रिक्स – २०१८ मा ५ वटा सेसन एकै ठाउँबाट संचालन हुनेछन । जसको छोटो जानकारी तल दिइएको छ ।

१. ह्यकाथोन

२.प्रोजेक्ट डेमोन्स्ट्रेसन

३. टेक जव फेयर 

४. करियर काउन्सिलिङ्ग

५. गेमिङ्ग सेसन

गत चैत्र १० देखि प्रत्यक शनिबार र आइतबार प्रि-ईभेन्ट्सहरु भैरहेको टेकट्रिक्समा आइटी संग सम्बन्ध राख्ने विद्यार्थीहरुले प्रशस्त लाभ लिईरहेको बताइन्छ । ७ ओटा प्रि-ईभेन्ट्सहरु सकाइसक्दा करिब ५०० भन्दा बढी विद्यार्थीहरु उपस्थित भैसकेका छन । 

प्रि-ईभेन्ट्सहरुको सङ्क्षिप्त जानकारी ।

पहिलो प्रि-ईभेन्ट :-

गत चैत्र १० गते देखि सुरु भएका प्रि-ईभेन्ट्सहरु मध्य सबैभन्दा पहिलो प्रि-ईभेन्ट चैत्र १० गते प्यानल डिस्कशन “Career in SEO: An interactive look at the world of SEO “ मा भएको थियो । जसमा अतिथिहरु योमन महर्जन, चेत राज भण्डारि र प्रविन श्रेष्ठ आएका थिए । उक्त प्यानल डिस्कशनमा करिब ८० जना विद्यार्थीहरु सहभागी थिए ।

दोस्रो प्रि-ईभेन्ट :-

त्यस्तै, चैत्र १७ गते “Getting started with AI & Data” मा प्यानल डिस्कशन भएको थियो । जसमा क्षितिज रिमाल, प्रविन पौडेल, र कृष्ण राज दाहाल प्रमुख अतिथीहरुकोको रुपमा थिए । चैत्र १८ गते आइतवार “Machine Learning 101” मा वर्कशप भएको थियो । उक्त वर्कशपको सम्पुर्ण जिम्मा AIDevNepal को टिमले लिएको थियो । उक्त वर्कशपमा AIDevNepal को टिममा ५ जना संस्थापक संचालकहरुमा आशिष पराजुली, निशान्त पन्त, क्षितिज मण्डल, एन्जिला आचार्य र शुलभ श्रेष्ठ आएका थिए भने मेन्टरको रुपमा राजु थापा, श्रेया शाक्य, श्रुति श्रेष्ठ, राईसा श्रेष्ठ, मनिष महर्जन, आएका थिए । वर्कशपबाट ३० जना विद्यार्थीहरु लाभान्वित भएका थिए ।

तेस्रो प्रि-ईभेन्ट :-

त्यस्तै, तेस्रो प्रि-ईभेन्टमा चैत्र २४ गते “Getting started with Design & UX” मा प्यानल डिस्कशन भएको थियो । उक्त ईभेन्टमा आयुष श्रेष्ठ, मनि कपाली र अमित बज्राचार्य मुख्य अतिथिको रुपमा आएका थिए । उक्त प्यानल डिस्कशनमा करिब ८० को हाराहारिमा विद्यार्थीहरु सहभागी थिए ।

चौथो प्रि-ईभेन्ट :-

टेकट्रिक्स – २०१८ को चौथो प्रि-ईभेन्टमा गत वैशाख ८ गते Future of web with “wordpress” मा भएको थियो । जसमा अतिथिहरुमा उत्सव सिङ्ग राठोर, विप्लव सुवेदी, सुवास खड्का, र सुरेन्द्र श्रेष्ठ आएका थिए । र सङ्सङ्गै वैशाख ९ गते “WP themes” मा वर्कशप भएको थियो । जसमा Wp-Drizzle बाट विप्लव सुवेदीले वर्कशप गराएका थिए ।

पाचौं प्रि-ईभेन्ट :-

त्यस्तै, पाचौं प्रि-ईभेन्टमा गत वैशाख १५ गते “Mobile Development What’s in it?” मा प्यानल डिस्कशन भएको थियो । जसमा अतिथिहरुमा अनिश श्रेष्ठ, र रोशन गौतमको उपस्थिति रहेको थियो । उक्त प्यानल डिस्कशनमा करिब ६० को हाराहारिमा विद्यार्थीहरु सहभागी थिए । र सङ्सङ्गै वैशाख १६ गते “Mobile Development What’s in it?” मा भएको वर्कशपमा ३० जना विद्यार्थीहरु लाभान्वित भएका थिए ।

छैटौं प्रि-ईभेन्ट :-

त्यस्तै, छैटौं प्रि-ईभेन्टमा गत जेष्ठ ५ गते न्यु समिट कलेजमै “Soft Skills for Life and Business” मा सोनम टासी शेर्पा र शुशान्क श्रेष्ठ बाट सफ्ट स्किल्ल्स को बारेमा प्रिजेन्टेशन र ट्रेनिङ्ग दिइएको थियो । उक्त ईभेन्टमा करिब ६५ को हाराहारिमा विद्यार्थीहरु सहभागी थिए ।

सातौं प्रि-ईभेन्ट :-

त्यस्तै, सातौं प्रि-ईभेन्टमा गत जेष्ठ ६ गते न्यु समिट कलेजमै “Invention cycle” मा वर्कशप भएको थियो । उक्त ईभेन्ट माक्रोशफ्टका “Technical Evengalist” विवेक चौधरी ले गराएका थिए । उक्त वर्कशपमा २५ जना विद्यार्थीहरुले वर्कशप गरेका थिए ।

अब हुने जेष्ठ १९ गते हुने आठौं प्रि-ईभेन्ट “Game Development” मा प्यानल डिस्कशन र वर्कशप हुनेछ ।

जेष्ठ २५ र २६ गते हुन लागेको मेगा ईभेन्टमा ३००० भन्दा बढी विद्यार्थी उपस्थित हुने आयोजकको दाबी छ । सुचना र प्रविधी क्षेत्रमा कम्पनी र विद्यार्थी बिचको दुरिलाई मेटाउने टेकट्रिक्स – २०१८ को मुख्य उद्देश्य रहेको आयोजक सोसाइटी अफ इन्फर्मेशन टेक्नोलोजी स्टुडेन्ट्सले बताएको छ । उक्त दुई दिने ईभेन्टमा आईटी कम्पनिहरुबाट १०० भन्दा बढी विभिन्न दक्ष ब्यक्तिहरुको उपस्थिति रहने, ३००० भन्दा बढी भिजिटर्स आउने अनुमान लगाइएको छ ।

उक्त ईभेन्टमा करियर काउन्सिलिङ्ग, प्रोजेक्ट डेमोन्स्ट्रेसन, ह्याकाथोन, गेमिङ्ग सेसन (फिफा, क्ल्याश रोयाल, मिलि मिलिसिय र सि.एस ) र टेक जव फेयर  रहने बताइएको छ । प्लुस टु पास गरेका विद्यार्थीहरु देखि लिएर ब्याचेलोर र ब्याचेलोर पास आउट विद्यार्थी सबैका लागि टेकट्रिक्स – २०१८ फलदायी हुने अनुमान विद्यार्थीहरुले गरिरहेका छ्न ।

 

प्रतिक्रिया दिनुहोस्