Logo

दिगो बिकाश लक्ष्य प्राप्तिका लागि युवा सहभागितामा बिशेष जोड ।



Spread the love

 

मिति २०७५/०२/१६ गते डाइनामिक यूथ नेपाल लम्जुङ् चाप्टरको आयोजनामा दिगो बिकासमा युवाको धारणा ” विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमबारे जानकारी दिदै लम्जुङ्ग चाप्टर सचिव अमित घिमिरेले दिगो विकास लक्ष्य २०३० बारे जनचेतना फैल्याउदै, उक्त लक्ष्य प्राप्त गर्नको लागि युवाहरुलाई संगठीत रुपमा तालिम दिनुकासाथै , उनीहरुलाई जिम्मेबार बनाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यकम निरन्तर रुपमा संचालन गर्दै संस्था अघि बढ्ने जानकारी दिएका छन् ।

युवा आभियानत तथा संस्थाका एडभाईजर् दिपक प्रसाद ओलि र संस्थाका केन्द्रिय अधक्ष्य अर्जुन सापकोटाले सहजकर्ताको भुमिका निभाउनु भएको थियो। कार्यक्रमममा बोल्दै सापकोटाले भने युवाको सहभागिता बिना दियो लक्ष्य प्राप्त नहुने हुदा त्यसको लागि सम्पूर्ण युवा आ -आफ्नो ठाउँ बाट जिम्मेवार ढंगले अगि बढ्नुका साथै समुदायमा यसबारे जनचेतना फैल्याउन जरुरी छ । सापकोटाले थपे त्यसको लागि हाम्रा हरेक क्रियाकलाप बाताबरण मैत्री हुनु पर्दछ, त्यसो गर्न सकिएमा २०३० धेरै टाढा नरहेको प्रस्ट परेका थिए । त्यसैगरी अर्का सहजकर्ता दिपक प्रसाद ओली का अनुसार डोजर,रेमिटेन्स र डोनेसन विकास मोडेल दिगो विकास लक्ष्य को लागि सबैभन्दा चुनौतीको रुपमा लहेकाले ,त्यसको अन्त्य गरि मौलिक र बाताबरण मैत्री विकास मा जोडदिनपर्ने आवश्यकता औल्याका थिए ।

कार्यक्रम निकै अन्तर्कृयात्मक र फलदाहि भएको कुरा एक जना सहभागी दीपेन्द्र देवकोटाले जनाए ।उक्त गोष्ठीमा संस्थाका सदस्य शंकर खराल, क्षेत्र न. ४ संयोजक दिपेन्द्र रेग्मीको पनि सहभागीता थियो। विभिन्न सत्रमा बिभाजन गरिएर संचालन गरिएको कार्यक्रममा दिगो बिकासका लक्ष्य र यस प्रती युवाहरूको धारणा विषयमा केन्द्रित भएर अन्तर्कृया र छलफल गरिएको थियो। २०३० सम्म कसरी दिगो बिकासका लक्ष्यहरुलाई पुरा गर्न सकिन्छ यसको महत्त्व ,अवसर र चुनौतीका विषयमा सहभागीहरु संग छलफल गरिएको थियोे ।
कार्यक्रमबाट युवा बर्गमा दिगो बिकासका बारेमा मनग्य ज्ञान हासिल गरेको र यसले उनिहरुमा थप उर्जा ,जोश ,जागर र उत्साह थपेको र कसरी हामीले हाम्रो पृथ्वीलाई भावी सन्ततिका लागि जोगाइरख्न सकिन्छ भन्ने चेतनाको संचार भएको कुरा डि .वाइ. यन लम्जुङ्ग संयोजक शिशिर न्यौपनेले बताउनु भयो ।

कार्यक्रममा लम्जुङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख सह-प्राध्यापक कृष्ण बहादुर कार्कीको पनि उपस्थिती थियो। उहाँले उक्त कार्यक्रमको मुक्तकन्ठले प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्तै खालका युवा लक्षित कार्यक्रम गर्न आयोजक कमिटि समक्ष आग्रह गर्नुभएको थियो । कार्यक्रम बिहान ११ बजे बाट बेलुका ४:३० बजेसम्म संचालन भएको थियो। लम्जुङ कृषि क्याम्पसको सभा हलमा आयोजित कार्यक्रममा सोहि क्याम्पसमा अध्यनरत करिब ४ दर्जन बिध्यार्थीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्