Logo

गुल्मिको सिमलटारिमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।



Spread the love

गुल्मी, सिमलटारी ।

गुल्मिको सिमलटारिमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय गुल्मिले आयोजना गरेको उक्त शिविरमा विभिन्न सेवाहरु नि:शुल्क उपलब्ध गराइएको थियो ।

शिविरमा पाठेघर खसेका महिलाहरुको लागि जाँच सेवा , रिङ्ग पेसरी राख्ने सेवा , पाठेघरको मुखको क्यान्सरको जाँच सेवा , प्रयोगशाला सेवा , भिडियो एक्सरे सेवा , ECG सेवा , जनरल विरामी जाँच सेवा , परिवार नियोजन सेवा जस्ता सेवाहरु प्रदान गरिएको थियो ।

उक्त शिविरमा जेष्ठ १८ र १९ दुई दिन गरेर १०२७ विरामिहरुले सेवा पाएका थिए । शिविर मालिका गाउपालिका वडा न. ८ सिमाल्टारिमा रहेको मर्भुङ्ग स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्