Logo

अब ९८ दिन सुत्केरी बिदा !



Spread the love

अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिन प्रस्ताव गरिएको छ ।

कुनै गर्भवतिलाई उक्त विदा अपुग भए स्वास्थयकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ , विधेयकमा छ ।

भदौ मसान्तसम्म पारित गराउने तयारीसहित बनाईएको विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिक सहितको १५ दिन प्रसुति स्याहार विदा पाउने छन् भन्ने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्