Logo

काभ्रेमा उसु सङ्घ गठन



Spread the love

काभ्रे जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने जिल्ला, विगत लामाे समयदेखि खेलक्षेत्रमा अाफ्नाे छुट्टै पहिचान बनाउँदै अाएकाे यस जिल्लामा खेलकुदकाे विकास नभएको हाेईन । विभिन्न खेलमा अवल खेलाडी जन्माई जिल्ला र राष्ट्रकाे नाम उच्च राख्न सफल यस जिल्लामा उसु खेलले पनि निकै राम्राे छाप छाेडेकाे छ। उसुका उत्कृष्ट खेलाडी तथा प्रशिक्षक जन्माई सकेको यस जिल्लाले केही वर्ष यता उसु खेलेका विकास एंवम् विस्तार गर्न सकेको छैन। यसै कुरालाई मध्यनजर गर्दै उसु खेलेका विकास तथा विस्तार गर्ने उद्देश्यले नारायण गिरीकाे अध्यक्षतामा काभ्रे जिल्ला उसु सङ्घ गठन गरिएको छ। त्येस्तै गरी उपाध्यक्षद्वय डिल्ली प्रसाद रेग्मी र विष्णु नारायण श्रेष्ठ, सचिवमा शङ्कर भुजेल, काेषाध्यक्षमा निर्दिप के.सी. तथा सदस्यहरूमा अनिरुद्र थापा, रामकृष्ण खत्री, गणेश दनुवार र कान्ति लामा रहेका छन् । सचिव भुजेल अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी तथा स्वयंसेवक उसु प्रशिक्षक हुन भने सदस्य कान्ति लामा राष्ट्रिय खेलाडी हुन् ।
काभ्रे जिल्ला खेलकुद विकास समितिकाे कार्यालयमा मिति २०७५ जेष्ठ १९ गते काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचितानन्द के.सी., नेपाल उसु सङ्घका उपाध्यक्ष राजिव महर्जन र सचिव लाक्पा छिरिङ्ग लामा तथा काभ्रे जिल्लाका खेलकुद प्रेमिद्वय देवराज वन्जारा र सिताराम हुमागांईकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्