Logo

काठ तस्करीमा सशस्त्रकै गाडी !



Spread the love

सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौँ सखुवाको काठ तस्करी गरेको खुलेको छ । अरुण गुल्म खाँदवारी सखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति धनकुटाको मुलघाट पुर्याईएको थियो राति करिव ८ बजे मुलघाट स्थित तमोर पुलनजिक रहेको सशस्त्र प्रहरी छिन्ताङ गुल्मको चेक पोस्टमा ट्रक जाँच्ने क्रममा अवैध रुपमा करिव सय कयुबिक फिट सखुवाको चिरान काठ फेला परेको थियो । 

चेकपोष्ट भन्दा करिव ५ सय मिटर दुरीमा रहेको नेपाल प्रहरीको चेक पोष्टमा रोक्न खोज्दा जबरजस्ती उक्त ट्रक अघि बढाएपछि नियन्त्रणमा लिईएको थियो भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्