Logo

अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेतामाथि प्रशिक्षक गगन पुनद्वारा बोत्तल प्रहार र दुर्व्यवहार(भिडियो सहित)



Spread the love

२३ जेष्ठ कपिलवस्तु- नेपालगंजमा हालै सम्पन्न भएको दसौ प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कपिलवस्तुकी  स्वर्ण पदक करांते खेलाडी सविना वुढा मगर माथी वोतल प्रहार भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको व्यवस्थापन तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा मध्यपश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितीद्धारा आयोजित ५ नम्बर प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कराते खेलकी खेलाडी सविना माथी वोतल प्रहार भएको हो । 
४० केजी उमेर समुहकी खेलाडी सविना माथी खेल चलीरहेको अवश्थामा दाङका प्रशिक्षक गगन पुनले वोतल प्रहार गरेको वताईएको छ । आफ्नो खेलाडी हार्दै गरेको अवस्थामा सविनाको मनोबल  गिराउन यस्तो गरिएको हुन् सक्ने अन्य खेलाडीले अनुमान गरेका छन् । 
  

बुद्धशक्ति करांते डोजो चन्द्रौटामा आवद्ध खेलाडी सविना माथी भएको वतल प्रहारको घटनाले आफुहरु स्तव्ध वनेको कल्वका प्रशिक्षक नवराज पौडेलले बताएका छन । अनुशासित खेलमा पनि असव्य व्यहवार देखाउंदै खेलाडी लाई बोतलले हान्नु ,म्याट तान्नु जस्ता क्रीयाकलाप देखाउनु खेल नियम विपरीत भएको प्रशिक्षक पौडेलले वताउनुभएको छ ।

खेलाडी सविना माथी भएको घटनाप्रति खेद व्यक्त गर्दै जिल्ला खेलकुद विकास समीती कपिलवस्तुका कार्यलय प्रमुख मिनप्रसाद पोखरेलले वोतल प्रहार गर्ने माथी कारवार्ही दायरामा ल्याउन पहल गर्ने वताउनुभएको छ । सविना गत माघमा काठमाण्डौमा भएको अन्तराष्टिय करांते प्रतियोगीताकी स्वर्ण पदक विजेता समेत हुन । यसरि राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महिला खेलाडी माथी वोतल प्रहार गरि दुर्व्यवहार गर्नेलाइ खेलकुद मन्त्रालयले कारबाही गर्ला त भनेर खेलाडी प्रश्न गर्दै छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

https://www.youtube.com/watch?v=qaNka3hvf9E&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्