Logo

सल्यानमा अटो रिक्सा पल्टिँदा ४ जना घाइते



Spread the love

 

 


सल्यानमा अटो रिक्सा पल्टिँदा ४ जना घाइते भएका छन् । जिल्लाको पश्चिम क्षेत्रमा रहेको बन्गाढ कुपिन्डे नगरपालिका वडा नम्बर १ को आपखोली मोडमा हिजो विहान साढे ९ बजेतिर भएको दुर्घटनामा ४ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ का २२ बर्षीय कमला परियार, उनका ११ महिनाका छोरा हेमन्त परियार, सोही वडाका २३ बर्षीय दिनेश परियार र वडा ६ का ३१ बर्षीय गौरी गन्धर्व रहेका छन् ।

 

नगरको वडा नम्बर ६ सुनौलीबजार बाट सल्लीबजार तर्फ हिडेको से १ त ३९१४ नम्बरको अटो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

घाइहरुलाई उपचारको लागि नेपालगन्ज लगिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय सल्लीबजारका जिवलाल भुसालले जानकारी दिएका छन्। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्