Logo

काठमाण्डौ देखि बाहिरिने यात्रुहरुको लागि अग्रिम टिकट बुकिङ कार्य सुरु



Spread the love

 

काठमाण्डौ देखि बाहिरिने यात्रुहरुको लागि अग्रिम टिकट बुकिङ कार्य सुरु गरीएको छ ।

प्रत्येक बर्ष झै यस बर्ष पनि दशै तिहार मनाउन राजधानी देखि बाहिरहने यात्रुहरुको यात्रालाई सहज बनाउनको लागि अग्रिम टिकट बुकिङ कार्य सुरु गरिएको सल्यान रुकुम यातायात ब्यवसायी समितिले जनाएको छ ।

बडा दशै तथा शुभदिपावली मनाउन घर फर्कने यात्रु हरुको उच्च चाप रहेको र उक्त चापलाई कम गरि यात्रुहरुलाई सहज र पार्दशी तरिकाले गन्तव्य सम्म पुर्‍याउनको लागि यहि असोज ७ गते देखि २३ गते सम्म अग्रिम टिकट बुकिङ कार्य संचालन भइ रहेको सल्यान रुकुम यातायात ब्यवसायी समिति काठमाडौ बुकिङ काउन्टरका शान्त कुमार डागिले जानकारी दिनु भयो ।

काठमाण्डौ देखि सल्यान खलंगा,जलेखर्क र रुकुम खलंगा स्टेसन सम्मका यात्रुहरुले प्रत्येक दिन बिहान बिहान ६ बजे देखि साझ ७ बजे सम्म काठमाण्डौ नयाँ बसपार्कमा रहेको सल्यान रुकुम यातायात ब्यवसायी समिति र सिस्ने हिमाल यातायात ब्यवसायी समितिको बुकिङ काउन्टर बाट टिकट बुक गर्न सकिने ब्यवस्था रहेको डागीले बताउनु भयो ।

अन्य जानकारीका यात्रुहरुले ९८५१0६८९८१ र ९८४१२६६८११ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्