Logo

पुल्चोक क्याम्पसमा फोटोग्राफी वर्कशप हुँदै ।



Spread the love

 

 

 

आर्किटेक्चर विद्धार्थी समाज (आसा), पुल्चोक क्याम्पसले आयोजना गर्न लागेको “१२ औ आसा वास्तुकला प्रदर्शनी – २०७५”का लागि प्रि-इभेन्टको रुपमा यही असार २ गते देखी ५ गते सम्म स्पेशल ‘फोटोग्राफी वर्कशप’ सञ्चालन गर्ने भएको छ ।

फोटोग्राफी सिक्न इच्छुक सम्पूर्ण फोटोग्राफी प्रेमीहरुको आवश्यकतालाई मध्यनजर गर्दै एकदमै रिजनेवल प्राइसमा वर्कशप आयोजना गरिएको आयोजक टिमले बताएको छ । अघिल्ला प्रदर्शनी भन्दा अझ परिष्क्रित एवम कलात्मक ढंगबाट जाने क्रममा यो वर्षदेखी नयाँ इभेन्टको रुपमा फोटोग्राफी वर्कशप हुन थालेको हो ।

यस अलावा प्रि इभेन्टकै रुपमा यस अघी “आर्की कोर्स” अन्तरगत सस्तो दरमा विद्धार्थीहरुलाई “अटोक्याड तथा स्केच-अप” समेत सिकाइएको थियो ।

“सेलिब्रेसन अफ स्पेस, टाइम एन्ड हेरिटेज” भन्ने मुल मन्त्रका साथ प्रदर्शनी पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस, पुल्चोक, ललितपुरमा यही असारमा हुन गैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्