Logo

सल्यानमा पहिलो चोटि राष्ट्रिय प्रतियोगिता हुँदै



Spread the love

सल्यानमा पहिलोपटक राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । बागचौर नगरपालिकाको आयोजनामा जिल्लामा पहिलो पटक राष्ट्रिय कराते प्रतियोगिता हुन लागेको हो।

कोमा”गाउँ नगर नगरमा खेल, राष्ट्रिय एकता र मेल” भन्ने मुल नाराका साथ हुन गइरहेको प्रतियोगिता बागचौर नगरपालिकाको आयोजनामा हुन लागेको हो ।

यहि जेष्ठ २७,२८ र २९ गते सम्म थारमारेमा संचालन हुने प्रतियोगिताको उद्घघाटन २७ गते ११ बजे युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार (विश्वकर्मा)बाट हुने नगर प्रमुख लोकमान बुढाथोकीले बताए ।

उद्घघाटन समारोहमा स्थानीय लोक संस्कृति झल्किने झाकीहरु प्रस्तुत गरिने कार्यक्रमका सदस्य सचीव चित्र बहादुर राणाले जानकारी दिएका छन् ।

राष्ट्रिय स्तरको कार्यक्रम आफ्नो ठाउँमा हुने भएपछि स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमामा लैजान मद्दत पुग्ने विश्वास आयोजकले लिएका छन् । साथै आफ्नै ठाँउमा राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएकोमा नगरबासी तथा जिल्लाबासी उत्साहित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्