Logo

भारत भ्रमणका क्रममा भएको संयुक्त विज्ञप्तिको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी : परराष्ट्रमन्त्री महत



Spread the love

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त विज्ञप्तिको विरोध गर्नेहरुलाई नक्कली राष्ट्रवादी भएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वताएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा परराष्ट्रमन्त्री महतले भने, ‘आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद हो । यो त विरोधको नाममा विरोध मात्रै हो ।’

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भइसकेको दाबी महतको छ । चीनका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुनेमा आफूहरु विश्वस्त रहेको महतले वताए ।

प्रतिक्रिया दिनुहोस्