Logo

दशनामी युवा समाजको ५ नम्बर प्रदेश सम्मेलन सम्पन्न



Spread the love

कमल राज पुरी, बुटवल २६ जेठ, सल्लेरी खबर । 

दशनामी युवा समाजले प्रदेश सम्मेलन सम्पन्न गरेको छ । दशनामी युवा समाजका केन्द्रीय सदस्य अर्जुन गिरीको सयोजक्तव सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी दशनामी समाजका केन्द्रीय सदस्य गोपाल गिरी रहनुभएको थियो । त्यस्तैगरी विशिष्ट अतिथी दशनामी समाजका के स नेत्रलाल वन ,नारद पुरी र दशनामी युवा समाजका सह सयोजक सुरेस गिरी रहनुभएको थियो ।

अतिथीहरुमा दशनामी समाजका लुम्बिनी अन्चल सयोजक खिमलाल पुरी सचिव विष्णु पुरी सदस्य ईश्वर गिरी अन्कित दशनामी समाजका प्रदेश सदस्य शान्ति गिरी दशनामी समाजका लुम्बिनी अञ्चल सल्लाहाकार रोमलाल पुरी लगायत रहनुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य मनोज गिरीले राख्नुभएको थियो भने के स अर्जुन गिरीले नीति तथा कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो , दशनामी समाजका अञ्चल सदस्य ईश्वर गिरीले दशनामी शीर्षक मा कविता बाचन गर्नुभएको थियो भने सञ्चालनकै क्रममा कमलराज पुरीले दशनामी शिर्षकमा गजल प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रदेश नम्बर ५ का सबै जिल्ला बाट दशनामी युवाहरुको उपस्थिती रहेको थियो भने सम्मेलन बाट १३ सदस्य समिति चयन गरिएको छ जसको सयोजकमा अर्जुन गिरी र सचिवमा कमल राज पुरी रहनुभएको छ । उक्त कार्यक्रममा प्रदेश नम्बर ५ कि कृषि मन्त्री आरती भारतीको विशेष उपस्थीती रहेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोपाल गिरी ले युवा परिवर्तनका सम्बाहक हो युवाले परिवर्तन गर्न सक्छ र दशनामी समाजलाइ अझ सक्रियता पुर्वक अगाडि लैजानको लागि युवाहरुको खाचो छ यो अत्यन्तै सहारनिय छ अब सबै ठाउहरुमा युवाको समिति विस्तार गरि काम गर्नु जरुरी छ भन्ने कुरा राख्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन कमल राज पुरी ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्