Logo

बागचौरमा राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न, प्रदेश ३ टिम च्याम्पियन



Spread the love

बागचौर नगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप राष्ट्रिय प्रतियोगिता- २०७५ सम्पन्न भएको छ । जेष्ठ २७ गते देखि सुरु भएको प्रतियोगिताको समापन २९ गते भएको हो ।

प्रतियोगितामा ३ नम्बर प्रदेश ११ स्वर्ण र १ रजत पदक सहित टिम च्याम्पियन भएको छ । १ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित १ नम्बर प्रदेश दोस्रो टिम च्याम्पियन भएको छ । त्यसैगरी १ स्वर्ण, २ रजत र ६ कास्य पदक सहित ५ नम्बर प्रदेश तेस्रो टिम च्याम्पियन भएको छ ।

२ नम्बर  प्रदेशले १ रजत र २ कास्य पदक ल्याउन सफल भएको छ भने ४ नम्बर प्रदेशले २ रजत र १ कास्य पदक ल्याएको छ । आयोजक टिम कर्णाली प्रदेशले २ रजत र १० कास्य पदक जितेको छ  । त्यसैगरी ७ नम्बर प्रदेशले १ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ ।

प्रथम मेयर कपमा नवीन रसाइली पुरुष तर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन् । रसाइली दक्षीण एसियन गेमका लगातार ३ चोटि स्वर्ण पदक बिजेता हुन । त्यस्तै पासाङ लामु शेर्पा उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् ।

राष्ट्रिय स्तरको कार्यक्रम बागचौर नगरपालिकाले सम्पन्न गरेकोमा नगरबासी साथै जिल्लाबासीले सामाजिक संजाल लगायत विभिन्न ठाउँ बाट नगरपालिकालाई बधाई साथै धन्यवाद ज्ञापन प्रकट गरेका छन् । यो प्रतियोगिता सल्यानको लागि गौरवको बिषय भएको पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यान बाट प्रतिनिधि सभामा निर्वाचित सांसद टेक बहादुर बस्नेतले बताएका छन् । अमेरिकामा रहदै आएका नेपालमा कराते खेल स्थापना गर्ने कराते गुरु टि. एस. राई बागचौर नगरपालिकाको निमन्त्रणामा अमेरिका देखि नेपाल आएका थिए ।

थप(सबम्न्धित) समाचार हेर्न तल क्लिक गर्नुहोस्-

बागचौर नगरपालिकामा कराते खेलकोे राष्ट्रिय प्रतियोगिता उद्घघाटन

सल्यानमा पहिलो चोटि राष्ट्रिय प्रतियोगिता हुँदै

७ वटै प्रदेशका खेलाडी सल्यानमा, कार्यक्रमको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्