Logo

जिप दुर्घटनामा परि सल्यानमा एक जनाको मृत्यु



Spread the love

 

14563485_1121918464543258_4631138925135857559_n

सल्यानमा जीब दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

आज बिहान ५ः३० बजे तीर जिल्लाको शारदा नगरपालिका वडा न. ६ मदमकाँडा नजिकै लु १ ज २९३४ नम्बरको जीब दुर्घटना भएको हो । जीब दुर्घटना हुदाँ जीब मालिक तथा चालक शारदा नगरपालिका १ निबासी ३२ बर्षिय घनश्याम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जीब सहचालक शारदा नगरपालिका १ निबासी याम बहादुर भण्डारी सकुशल रहेको प्रहरीले जनाएको छ । सल्यान रुकुम यातायात ब्यबसायि समितीको भाडाको जीब आज बिहान बुकिङको प्यासिन्जर ल्याउन जाने क्रममा दुर्घटना भएको हो ।

मृतक थापाको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याउने तयारी भैरहेको छ र बाटोमा साँघुरो भएकाले जीब ब्याग गर्ने क्रममा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्