Logo

सामाजिक कार्यको लागी पानीपुरी बेच्दै विद्यार्थीहरु



Spread the love

युनिभर्सल कलेजमा बि.बी.ए .अध्ययन केही विद्यार्थीहरु मिली “परिवर्तनका पाईला” नामक सामाजिक सस्था स्थापना गरी सामाजिक कार्य तर्फ अग्रसित भएका छन्।”देशका लागी परिवर्तन ,परिवर्तनका लागी तपाई हाम्रा पाईला” भन्ने मुल नाराका साथ केही महिना अघी देखी सन्चालन भएको उक्त सस्थाले अहिले सम्म दुईवटा ईभेन्टहरु सन्चालन गरिसकेको छ।पशुपतीबाट सुरु गरिएको पहिलो ईभेन्टबाट उठेको रकम जम्मा गरिएको छ। उक्त पानीपुरी र चटपटे बेचेर उठेको रकम पछी कुनै सामाजिक कार्यमा खर्च गरिने छ ।

“परिवर्तनका पाइला” एक गैरसरकारी, गैरनाफा मुखी ,गैरराजनैतिक विशुद्ध सामाजिक सस्था हो । यो सस्थाको प्रमुख उदेश्य सामजिक कार्य गर्नु हो । यसै अन्तरगत काठमाडौंमा पनि विभिन्न कार्यक्रमहरु उक्त संस्थाले गर्दै आएको छ ।भनिन्न्छ नि थोपा-थोपा मिलेर सागर बन्छ भने झै पानीपुरी र चटपटे बेचेर उठेको रकम पछी कुनै सामाजिक कार्यमा खर्च गरिने छ । सबैले थोरै थोरै पैसा उठाएर सुरु गरिएको उक्त सस्था पुणत एक गैरसरकारी, गैरनाफा मुखी ,गैरराजनैतिक विशुद्ध समाजिक सस्था हो ।

जे गर्नु छ सुरुवात आजैबाट आफैबाट गर्नुपर्छ । अनिमात्र देश तथा समाज विकासमा आफ्नो भूमिका अतुलनीय रहन्छ । यहि प्रतिबद्धताका साथ लागि परौ भने अवश्यै नै समाज र राष्ट्र विकासिलतिर लम्कन सम्भव होला । नत्र भने जति यसको बारेमा चर्चा परिचर्चा गरे पनि बेकार रहन्छ ।त्यसैले वर्तमान परिस्थितिलाई जो कोहीले पनि सामना गर्न सिक्नु पर्छ । समाज यतिबेला परिवर्तनको प्रशव पिडामा छटपटाइरहेको छ । यहि परिवर्तनको प्रसव पिडालाई मेटाउन युवा वर्ग होमिएर लागि पर्नु आजको मूलभूत आवश्यकता देखिन्छ । इतिहासको भोक, रोक र शोकलाई निमूल पार्न यतिखेर कम्मर कसेर लागी पर्नुनै युवाले समाजमा गर्नुपर्ने भूमिका देखिन्छ ।

“परिवर्तनका पाईला” नामक सामाजिक सस्थासँग हिमाल जि.सिले गरेको बिशेष कुराकानी :

“परिवर्तनका पाईला”नामक सस्थाको स्थापना कसरी भयो ?

यस सस्थाको बारेमा बुज्न खोज्नु भएकोमा सर्बप्रथम धेरै धेरै धन्यबाद ।”परिवर्तनका पाइला” एक गैरसरकारी, गैरनाफा मुखी ,गैरराजनैतिक विशुद्ध सामाजिक सस्था हो । यो सस्थाको प्रमुख उदेश्य सामजिक कार्य गर्नु हो । धुर्मुस सुन्तलीबाट प्रभाबित भएर हामिले पनि हाम्रो तर्फबाट समाजको लागी अब केहि गर्नु पर्छ भन्ने लागेर हामी साथीहरु मिली यो सस्था सुरु गरेका हौ । पढाई सकी सके पछी हामी सबै अलग हुन्छौ । पछी भेट्ने माध्यम र सामाजिक कार्य पनि हुने हुँदा हामीहरु यो सस्था स्थापना गरेका हौ ।

 सस्था स्थापनाकाल देखी अहिले सम्म आईपुग्दा के के समस्या तथा चुनौतिहरु सामना गर्नु पर्‍यो ?

हेर्नुहोस् समस्या तथा चुनौतीहरु हरेक ठाउँमा छ अझ भनौ पाईला पाईलामा छ। सर्बप्रथम त सस्था स्थापना गर्नु नै एउटा ठुलो चुनौती थियो । स्थापनाकाल देखी यहाँ सम्म आईपुग्दा धेरै समस्याहरु झेल्नु पर्‍यो। हामी पढाई सँगै यो सस्थालाई अगाडि बडाउनु एउटा ठुलो चुनौती थियो ।
हामी म्यानेजमेन्टका विद्यार्थीहरु हौ । हामिले यस्लाई समस्या तथा चुनौति भन्दा पनि अबसरको रुपमा लिएका छौ ।कुनै पनि कार्य गर्दा without fund केही गर्न सकिने रहेनछ ।हामिहरु सँग पनि धेरै ठुलो रकम नभएकोले गर्दा थोरै थोरै रकम आफैबाट जम्मा गरेर प्रजातन्त्र दिवसको दिन पशुपती क्षेत्रबाट यो कार्यको थालनी गरेका हौ ।

पानीपुरी नै बेच्ने कन्सेप्ट चाही कसरी आयो ?

ह्जुर ,यो ब्यबसाय सानो रकमबाट पनि खोल्न सकिने हुँदा हामीले यस्को कन्सेप्ट निकालेका हौ ।हामी अध्ययनरत विद्यार्थीहरुसँग धेरै ठुलो रकम नहुने हुँदा यहीबाट सुरु गरौ भन्ने सोचका साथ यो कार्यको थालनी गर्यौ ।

अहिले यो सस्थामा कार्यरत कती जना हुनुहुन्छ ?

हामी अहिले ३० जना जतिको समुहमा यस सस्थामा आबद्द छौ ।

पहिलो ईभेन्ट पशुपतिमा गर्दा त्यो ईभेन्ट समग्रमा कस्तो रह्यो ?

हामिले सोचेको भन्दा धेरै राम्रो भयो । हामिले पशुपतिमा दु:ख पाउनु भएका आमा ,बुवा तथा बच्चा, बच्चीहरुलाई हामिले ईभेन्टबाट उठेको रकम सक्दो सहयोग गर्यौ । त्यस्तै शान्ती आश्रममा पनि सहयोग गर्यौ । बास्तबमा शान्ती प्राप्तीको अनुभुती हामिलाई त्यहाबाट भयो ।

पहिले यस्ता सामाजिक सस्थाहरु नखुलेका र नभएका होईनन्,कतिपय सस्थाहरु अहिले बिस्स्तारै बिस्थापित भएको परिपेक्ष्यमा यो सस्था कतै तेस्तै त हुने होईन ?

हो ,बास्तबमा समाजमा केहि गर्छौ भनी खुलेका सस्थाहरु आर्थिक लगाएत बिभिन्न कारणले गर्दा बिस्थापित भएका छन् ।तर हामी तेसो हुन दिदैनौ ,हामिहरु बिच एकता छ । समय मिलाएर हामी समय-समयमा यो कार्यलाई अगाडी निरन्तरता दिन्छौ ।

पढ्ने बिद्यार्थिहरु हुनुहुन्छ । कलेजको समय र यस सस्थालाई कसरी म्यानेजमेन्ट गर्नु भएको छ ?

हामी कलेज सकिसके पछी (१२:३०) देखी साथिहरु जम्मा भएर कुनै नयाँ कार्यको बारेमा छलफल तथा अन्तर्कृया गर्ने गर्छौ ।पछी सबै जना सँगै नहुँदा सामाजिक सन्जाल मार्फत छलफल ,भेटघाटको कार्यक्रम तय गर्छौ ।

तपाईहरुको अबको योजना के छ ?

यो एउटा सानो ईभेन्ट हो ।अब बिस्तारै हामी यो भन्दा ठुलो र हाम्रो तर्फबाट सक्दो ईभेन्टहरु तय गर्छौ । हजुरहरुको साथ र सहयोग मिलेमा हामीले साच्चिनै  यो समाज र देशको लागि उदाहरणीय कार्य गर्ने छौ ।

प्रतिक्रिया दिनुहोस्