Logo

चीनसँग संयुक्त संयन्त्र बनाइँदै



Spread the love

प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणका लागि बजेइजिङ प्रस्थान गर्ने दुई दिनअघि सरकारले चीनसँग सहकार्य र सहयोगसम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनसम्बन्धी छुट्टै संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले आईतबार चीनसँग दुईपाक्षीय समझदारी र सहमतिअनुसार अघि बढेका र आगामी परियोजना कार्यान्वयनका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले संयन्त्र स्थापना गर्ने समझदारीपत्रको मस्यौदा पनि स्वीकृत गरेको छ । यसबाट दुईपक्षीय सहकार्यले तीव्रता पाउने सरकारको भनाई छ भन्ने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्