Logo

खुला पत्र, छाडेर जानेलाई……….



Spread the love

                                                                                                                                                            – बिसर्जन नेपाली

 

यो पत्र केबल तिम्रो लागि जो टाढा भएर पनि पराई हुन सकेन,न नजिक भएर आप्ःनो नै । कति अनौठो है ? हिजोसम्म सबैभन्दा आप्ःनो ठानेको मान्छे एकाएक पराई हुँदो रैछ । लागेको थियो हामि दुईको सपना जीन्दगीको कुनै न कुनै मोडमा अवश्य साकार हुनेछ । सच्चा मनले देखेको सपना त पुरा हुन्छ अरे भन्ने पनि सुनेको थिएँ । फेरी हरेक सपना साकार भयो भने सपनाको मुल्य नै कहाँ रहन्छ र ?यहि सोचेर खुसी हुने कोसिस गरेका छु ।

तिमी साँच्चिकै जीन्दगिमा खुसी बोकेर आएकी थियौ । म खाँदा, बोल्दा, हाँस्दा, खेल्दा तिम्रैबारे मात्रै सोच्थेँ । के गर्दा तिमी खुसी हुन्छौ भन्ने कुराले सधैँ सताइरहन्थ्यो मलाई । केही दिनको लागि भए पनि लागेको थियो, मैले वर्षौँ देखि कुरेको तिम्रै लागि हो । भनिन्छ भगवानले सबैको लागि कोही न कोही बनाएको हुन्छ । मेरो त्यो कोही तिमी नै हौ जस्तो लागेको थियो मलाई । समय बित्दै जाँदा थाहा भयो कि मैले त तिम्रो बारे सोच्दा सोच्दै आप्ःनो बारेमा सोँच्नै बिर्सेछु । दुनियाँमा मेरो पनि आप्ःनै अस्तित्व छ भन्ने कुरालाई ध्यान नै दिएन छु मैले त ।

हेर, तिमी गएपछि आभाष भयो कि मेरो पनि आप्ःनै अस्तित्व छ । मेरा पनि ईच्छाहरु छन्, सपनाहरु छन् ।चेतना छ । म पनि एउटा सिङ्गो मान्छे नै हुँ । जादाँजादै तिमीले मलाई एउटा जीम्मेवारी छोडेर गएकी छौ, आफूलाई खुसी राख्ने । मसँग टाढा भएर तिमीले मलाई मैसँग नजिक बनाएकी छौ ।कति अचम्म कि जाँदाजादै पनि तिमीले ममाथि अनौठो गुण लगाएकी छौ ।

बाहिरको शीतल हावामा साँझको बत्तिसँग साउति गर्दै हिड्दा सोच्छु , आज म तिमीसँगै भाको भए के गर्दै हुन्थेँ होला ? तिम्रो खुसिको लागि मरिमेट्दै ? या आप्ःनो खुसिको खुलेयाम हत्या गर्दै । आज म आप्ःनो खुसिको लागि लड्न सक्ने भएको छु । त्यसको श्रेय म केबल तिमीलाई दिन चाहन्छु । त्यसैले पनि म तिमीलार्इृृ आप्ःनो जीवनको अभिन्न अंग मानेको छु ।आजको यो शितल हावामा म केबल आफूलाई महशुस गर्न सक्छु । आफू हुनुमा बल्ल विश्वास भएको छ मलाई । तिमीसँग मैले धेरै कुरा सिकेँ । हाँस्न सिकेँ, बोल्न सिकेँ,रमाउन सिकेँ । आप्ःनोपनलाई नजिकबाट महसुस गर्ने मौका पाएँ । आज तिमी गएकी छौ । म तिमीसँग रिसाएको पनि छैन । रिसाउँ पनि किन ? तिमीलाई रोकीराख्न तिमी मेरो निजी सम्पत्ति हौ र ? जाँदा जाँदै खुसिको आयु छोटो हुन्छ भनेर सिकाएर गयौ । खुसि बोकेर आउनेहरु खुसि बोकेर जान पनि सक्छन् भन्ने कुरा पनि सिकाएर गयौ । आज कलम लिएर तिम्रो बारे लेख्न बस्दा मेरो मनमा तिम्रा बारे केही पनि नराम्रा बिचार आएकै छैनन् ।

अन्तमा यहि बताउन चाहन्छु कि तिमी र मेरो बिचमा आज सब ठिक छ । अझ बाटोमा कहिँ फेरी भटियौ भने तिमीलाई बेस्सरी अँगालेर अन्तरमनबाट धन्यवाद भन्न मन छ किनकि तिमी नगएको भए सायद मभित्रको म, मभित्रबाट बिदा भइसकेको हुन्थ्यो होला । तिमीलाई अन्तरमनबाट धन्यबाद छ किनकी तिमीले मलाई म आफैसँग भेटाएकी छौ ।

फलोस् फूलोस तिम्रो जीन्दगी ।……..

 

प्रतिक्रिया दिनुहोस्