Logo

स्वास्थ्यमा मौलिक अधिकारको हनन



Spread the love

नेपालको  संविधानले जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ तर यसो हुँदाहुँदै पनि मौलिक हकमा राखिएको स्वास्थ्य संस्था बन्द गरेर सोही हकको उल्लङ्घन गर्ने प्रवृत्ति हिजो आज बढेको देखिएको छ ।

यसको पछिल्लोउदारण बनेको छ  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द केसीको अस्पतालमा आधारित ‘अनशन’ बनेको छ ।

चिकित्सा क्षेत्रको सुधारका नाममा कयौ पटक आमरण अनशनमा बस्दै आएका प्रा डा केसीले जनताको स्वास्थ्य सेवा पाउने संवैधानिक हक हनन गरिरहेका छन् । सरकारी अस्पताल बन्द छन् । बिरामी उपचार नपाएर छटपटिरहेक छन् । निजी क्षेत्रका महँगा क्लिनिक र अस्पतालमा उपचार गर्न बाध्य छन्  ।

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले स्वास्थ्य सुधारका नाममा अनशनले समस्याको समाधान नभएको बताए ।तेस्तै उनले ‘स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक हो, स्वास्थ्य संस्था बन्द गरेर अनशन बस्दा नागरिकले स्वास्थ्य सुविधा पाउने हकको गम्भीर उल्लङ्घन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्