Logo

गुल्मीमा ५ हजार सवारी साधन कारवाहीमा, २९ लाख राजश्व उठाउन सफल



Spread the love

गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ मा सवारीमाथि गरिएको ट्राफिक कारवाहीबाट २८ लाख ९३ हजार ५ सय राजश्व संकलन भएको छ

कारबाहीमा परेका ४ हजार ८ सय २ सवारी साधनबाट उक्त  रकम संकलन भएको हो ।

कानुन विपरीत सवारीसाधन  चलाउनेहरुबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयल गुल्मी ले जानकरी दिएको छ ।

जिल्ला ट्राफिक कार्यालय गुल्मीका अनुसार, गत आर्थिक वर्षमा ४ सय ५४ वटा ट्रक, ४ सय ५४ वटा बस, १ हजार ३ सय २७ वटा जिप कार कारवाहीमा परेका छन् । त्यस्तै २ सय ८६ वटा ट्याक्टर, २ हजार २ सय ८१ वटा मोटरसाइकलले  ट्राफिक नियम उलंगनगरि  सबारी  गर्दा ट्राफिक कारवाही  परेका हुन्  । कारवाही परेका सवारी साधनमध्ये सबै भन्दा  धेरै मोटरसाइकलबाट १३ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको छ ।

त्यस्तै, ट्रकबाट ३ लाख ३८ हजार, बसबाट २ लाख ५१ हजार, जीप कारबाट ७ लाख ६४ हजार ५ सय, ट्याक्टरबाट १ लाख ५६ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक डोरबहादुर थापाले जानकारी दिए  ।

 

प्रतिक्रिया दिनुहोस्