Logo

सडक र सदन दुवैतर्फको आन्दोलन गर्ने  चेतावनी ;निधि



Spread the love

नेपाली काँग्रेसका उपसभापति तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तेस्तै  विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।

नेपाली जनसम्पर्क समिति युरोपको पोर्चुगलमा आयोजित कार्यक्रममा भाग लिएर मंगलबार स्वदेश फर्किने क्रम मा  निधीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रत्रकार माझ  बिहिबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरे ।

उपसभापति निधिले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमाथि दमन  गरेकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न पनि सचेत गराए ।

उपसभापति निधिले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न ढिलासुस्ती  नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेपाली काँग्रेसको सरकारविरुद्धको पहिलो चरणको आन्दोलनको कार्यक्रम आज सकिदैछ  ।

 

प्रतिक्रिया दिनुहोस्